देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारको मुद्दा दायर

देशान्तर

काठमाडौं – व्यवसायी भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए ।

तर उनको खर्च र लगानी ९जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम० ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए ।

तर अख्तियारले त्यो दावी स्विकार गरेन र, ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।

विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।

उनी असार २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा थिए ।