देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १, मधेस र बाग्मतीका केही ठाउँमा वर्षा

देशान्तर

काठमाण्डाै । मनसुन सक्रिय रहेको प्रदेश १, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । मौसम आंशिकदेखि पूर्णरूपमा बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्यगरी तराई क्षेत्र र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उहाँका अनुसार यी प्रदेशमा दिउँसो पनि पानी पर्ने सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा आज बेलुकापछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकामा भने अहिले घाम लागिरहेकाे छ, गए राति पनी परेकाे थियाे ।

यस्तै गण्डकी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली रहेको छ । ती क्षेत्रमा पनि केही वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा स्थानीय वायु तथा पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । ती प्रदेशमा अहिलेसम्म मनसुन सक्रिय भएको छैन । लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आजको मौसम आंशिक बदली रहने अनुमान छ ।

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो, तथा नदी नाला साथै खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।