देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितुवाको आक्रमणबाट आमा छोरी घाइते

देशान्तर

डाेटी । डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चितुवाकाे आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया पार्वती विक र उहाँकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। उनका अनुसार बिहान घरभित्र पसेर चितुवाले आक्रमण गरेको थियो ।

पार्वतीको बायाँ हातको पाखुरा तथा टाउकोमा र उहाँकी छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।