देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ

देशान्तर

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।

लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।