काठमाडौँ – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिएका छन् । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताका छन् ।
समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उनको भनाइ छ । एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उनको टिप्पणी छ । उनले एसपीपीमा संलग्न हुँदैनौँ भनेर अमेरिकालाई पत्र पनि नलेख्ने र समितिमा पनि नआउने कुराले प्रधानमन्त्रीमाथि शङ्का उत्पन्न भएको बताउनु भएको हो ।
यसैबीच, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गरे । उनले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताए। भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरे ।
अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले आज प्रधानमन्त्री देउवालाई बोलाएको थियो । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको बताए ।





प्रतिक्रिया