देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको तयारी

देशान्तर

काठमाडौं -मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। एकेडेमीले विभिन्न विधामा प्रतियोगिता आयोजना गर्ने आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले जनाएको छ। एकेडेमीले संघीय राजधानीदेखि मधेश प्रदेशलाई समेटेर प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिता यही असार ३ देखि २० गतेसम्म हुने आयोजकले जनाएको छ खु्ला कलेज स्तरीय भलिबल प्रतियोगिता भने असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुने जनाइएको छ।