देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य : गृहमन्त्री खाँण

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताएका छन्।

विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री खाँणले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने बताएका छन् ।

मानवताका लागि योग भन्ने नाराका तय गरिएको विश्व योग दिवसको अवसरमा आयोजना गरिएको शिविरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्रका अन्य पदस्थ अधिकृतहरुसहित करिब ५ सय जना सहभागी भएका थिए ।