काठमाडौं नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती पर्वत द्वारा आयोजना गरिएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरुलाइ बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दल केन्द्रीय अध्यक्ष गुरुङ्ले आउने चुनावमा महिलाहरूलाई अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेस एउटा इतिहास बोकेको पार्टी भएको कारणले केही मन मुटाव हुन सक्ने र यस्ता कुराहरुलाइ आउने दिनमा सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवस्यकता रहेको बताए । उनले भने,“अहिले समय भनेको खेती पातीको समय रहदा रहदै पनि आफ्नो ब्यस्तताको बावजुद कार्यक्रममा उपस्थित भएका सम्पुर्ण पर्वतवासि महिला दिदी बहिनी एबम उपस्थित नेता तथा तरुण कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद प्रकट गर्दछु’।
आफुले देशभरिको तरुण दल कार्यसमितीलाइ परिपत्र गरि बर्षाको मौसममा हुन सक्ने क्षतीको उद्धारमा खटिन निर्देशन दिएको बताए ।उनले तरुणहरु नेपाली जनताको सुख दुखमा संगै हातेमालो गरि हिड्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित स्थानिय तहको जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको शुभकामना एबम बधाइ दिएका छन् ।





प्रतिक्रिया