देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, प्रदेश-१ मा दिनभरि नै झरी

देशान्तर

काठमाण्डौ । काठमाण्डौसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्टराईले जानकारी दिए ।

यी प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने  भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । आज सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली सक्रिय हुन लागेको छ । यसकै कारण त्यहाँ आजभन्दा भोलि अझ धेरै पानी पर्ने मौसमविद्को भनाइ छ ।