देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से १३ अंकले बढ्दा १ अर्ब १५ करोडको सेयर कारोबार

देशान्तर

काठमाडौं – साताको सुरुवाती कारोबार दिनदेखि नै घट्दै आएको नेप्से साताको अन्तिम कारोबार दिन आज भने बढेको छ । अघिल्लो दिन ४५ अंकले घटेको नेप्से आज १३ दशमलव ७८ अंकले बढेर १८ सय ६२ दशमलव ६ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८१ अंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा चढेको छ ।नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समूहको बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३७ अंकले बढेर १३ सय १७ दशमलव ४८ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ५७ दशमलव चार अंकले बढेर तीन हजार ९६ दशमलव ५० अंकमा पुगेको छ ।

दुई सय २३ कम्पनीको २२ हजार आठ सय ७४ पटकको कारोबारमा ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपैयाँ पुगेको छ ।

जलविद्युत् समूहको सूचक २४ दशमलव पाँच अंकले बढेर दुई हजार ३८ दशमलव ७१ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय २८ दशमलव ९३ अंकले बढेर सात हजार पाँच सय ६२ दशमलव ८६ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक एक सय ३१ दशमलव ४६ अंकले बढेकामा ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघवित्त र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको कुमारी बैंकको प्रतिकित्ता एक सय ९८ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ६३ लाख १२ हजार तीन सय ४७ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज न्यादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७२ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आँधिखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८८ प्रतिशतले घटेर आठ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ।