देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एसको केन्द्रीय परिषद् बैठक बस्दै

देशान्तर

काठमाडौं । नेकपा एसको केन्द्रीय परिषद् बैठक आज बस्दैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा बस्ने पहिलो बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय निर्वाचनको समीक्षा, आसन्न प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचनको रणनीति, समसामयिक राजनीति मुख्य एजेण्डा छन् ।

देशभरबाट झण्डै १५ सय सहभागी हुने परिषद् बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने साथै त्यसको आधारमा पार्टीको आगामी कार्यदिशा तय गरिने एक नेताले बताए ।

परिषद् बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।