देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर मनसुनी वायुको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र बाँकी ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश १ र गण्डकीका केही ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार अबको २४ घण्टासम्म अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

प्रदेश १, मधेस प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरोको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने हुनाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।