देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर

देशान्तर

काठमाडौं – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति,कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । अछाम चौरपाटी गाउँपालिका–४ साविक पायल गाविस–५० मा २०२३ साल भदौ ६ गते जन्मेका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

उनि यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील रहेका थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो। त्यसअघि उनि एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत हुन्। वि सं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनि अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका हुन्।