देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बामदेव गौतमले नयाँ दल घोषणा गर्दै

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ ।

आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हो । उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ ।

राष्ट्रिय सभाका सांसद गौतम नेपालका वामपन्थी दलहरुलाई एकै स्थानमा ल्याउने अभियानमा छन् ।
शनिबार उनले अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए । गौतम अध्यक्ष रहेको पार्टीमा ६९ सदस्यीय केन्द्रीय कमिटी रहेको जनाइएको छ ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित हुनु भएका गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।