देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वी नाकाबाट ४६ करोडको फलफूल आयात

देशान्तर

काठमाडौं – पूर्वी नाका काँकडभिट्टा हुँदै ४६ करोड रुपैयाँको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो।

आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र १२ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए। उनका अनुसार २९ करोड ७३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ। यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र चार करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ।

त्यसैगरी १२ लाख ८० हजार रुपैयाँको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजार रुपैयाँको नरिवल, ६७ लाख ७० हजार रुपैयाँ जुनार, ४९ लाख ४९ हजार रुपैयाँको आप, दुई करोड ९७ लाख रुपैयाँको अनार, ७७ लाख ६१ हजार रुपैयाँको अङ्गुर, एक करोड ७८ लाख ७८ हजार रुपैयाँको सुन्तला, ३६ लाख ७३ हजार रुपैयाँको नास्पति, पाँच लाख ९८ हजार रुपैयाँको अम्बा, ९३ लाख ८४ हजार रुपैयाँ बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।