देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल संस्कृत विश्वविद्यालय : दुई महिनादेखि लागेको ताला अझै खुलेन

देशान्तर

काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनादेखि लगाइएको तालाबन्दी अझै खुलेको छैन । ताला खुलाउने विषयमा पटक–पटक वार्ता भए पनि अझै निकास निस्कन सकेको छैन । नेपाल विद्यार्थी संघले १४ बुँदे माग राखी गत वैशाख १९ गते बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेको थियो ।

नेविसंघले तीन महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, बिहान र साँझ कक्षा सञ्चालन गर्नुपर्ने, छात्रवृत्ति २ सय प्रतिशत वृद्धि गर्नुपर्ने, छात्रावास पुनर्निर्माण गर्नुपर्ने र विश्वविद्यालयको आर्थिक अनियमितता छानबिन गर्नुपर्नेलगायत मागहरू राखेको छ ।

यसैगरी ई–लाइब्रेरी लागू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्कृत विश्वविद्यालयमा अध्ययनका लागि समन्वय गर्नुपर्ने, शैक्षिक प्रमाणपत्र सम्बन्धित विद्यापीठमा एक सातामा उपलब्ध हुनुपर्ने, आंशिक प्राध्यापकहरूको व्यस्थापन हुनुपर्ने, सेवा आयोगले चैत १६ मा प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने, संस्कृत गुरुकुलहरूमा स्थायी प्राध्यापकहरूको व्यवस्था गर्नुपर्ने, प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू राखेको छ ।