देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से ४१ अंकले बढ्दा १ अर्ब ४३ करोडको कारोबार

देशान्तर

काठमाडौं – नेप्सेमा करेक्सन देखिएको छ। अघिल्लो दिन ११ दशमलव ८२ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज ९बुधबार० भने ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ अंकमा चढेको छ ।दुई सय २८ कम्पनीको २९ हजार चार सय ३४ पटकको कारोबारमा ४३ लाख ६८ हजार चार सय ३९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँ पुगेको छ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ५५ अंकले बढेर तीन सय ७९ दशमलव १५ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि ८२ दशमलव ४८ अंकले बढेर दुई हजार एक सय ८१ दशमलव ६५ अंकमा चढेको छ। निर्जीवन बिमा समूहको सूचक पनि एक सय ९४ दशमलव ६६ अंकले बढेर सात हजार नौ सय १२ दशमलव ६१ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय २३ दशमलव ८६ अंकले बढेर नौ हजार ६ सय ७३ दशमलव ४६ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्र्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन्।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्सेमा पूरै हरियाली छाएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ९७ अंकले बढेर १३ सय ५० दशमलव ८६ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय ४१ दशमलव ३८ अंकले बढेर तीन हजार तीन सय ३३ दशमलव ६४ अंकमा चढेको छ।

यसैगरी आज न्यादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ४० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४२ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको हो । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो । नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेर चार सय ११ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।