देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत

देशान्तर

खोटाङ । खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् ।

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए ।

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।