देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्चीमा भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद

देशान्तर

काठमाडौं – भूकम्प प्रभावित पुनरावेदकको पुनरावेदनसम्बन्धी न्यायिक अन्तरसंवाद कार्यक्रम सिन्धुपाल्चोकको मेलम्चीमा सम्पन्न भएको छ।कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सरकारले पीडितको समस्या तत्काल समस्या समाधान गर्न सक्नुपर्ने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय पुनः निर्माण प्राधिकरण पुनरावेदन समितिको आयोजनामा भएको कार्यक्रममा पुनरावेदन समितिका अध्यक्ष बालेन्द्र रुपाखेतीले वास्तविक पीडित पहिचान गरी नाम उपलब्ध गराउन आग्रह गर्दै सकेसम्म पीडितलाई राहत उपलब्ध गराउन समितिले काम गर्ने बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले वास्तविक पीडित अझै पनि लाभग्राही कायम नभएको उल्लेख गर्दै उनीहरूलाई लाभग्राही कायम गरी सरकारले दिने रकम उपलब्ध गराउन माग गरे।

कार्यक्रममा वडाध्यक्षहरूले पहिलो किस्ता बुझेर अहिलेसम्म घर नबनाउने, घर बनाइसकेपछि सम्पन्नताको फाइल बुझाउनेको फाइल गायब बनाउनेलाई कारबाहीको मागसमेत गरे।

कार्यक्रममा समितिका सदस्य भीष्मराज कडरियाले वास्तविक पीडित पहिचान गरी रिपोर्ट पठाउन आग्रह गरे । वडा र पालिकाले सिफारिस गरेको आधारमा वास्तविक पीडितले राहत पाउनुपर्ने कडरियाले बताए ।