देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

देशान्तर

काठमाण्डौ । रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाण्डौ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

वि स २०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।