काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल सुरू भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा बैठक सुरू भएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यसूचीबारे जानकारी गराउँदै बैठक सुरू भएका हुने। जसमा नयाँ सदस्यहरुको शपथ, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुनेछ ।
गत पुस १९ गते सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा अध्यक्ष चुने पनि हालसम्म अरु पदाधिकारी चयन गरिएको छैन । बैठकले केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनको अपेक्षा भएपनि पदाधिकारी चयन हुनसक्नेमा भने आशंका गरेका छन।
गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।





प्रतिक्रिया