देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारद्वारा मन्त्रीपरिषद् हेरफेर, जसपाबाट तीनजना नयाँ मन्त्री नियुक्त

देशान्तर

काठमाडौं – सरकारले मन्त्रीपरिषद् हेरफेर गरेको छ । नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् हेरफेर गरेको हो । जनता समाजवादी पार्टी जसपा बाट सरकारमा गएका तीन जना मन्त्री फिर्ता भएका छन् । उनीहरु फिर्ता भएसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव, कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राईलाई नियुक्त गरेकी छन् । नयाँ मन्त्रीहरूको शपथ आजै हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाले यसअघि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहाय यादव र कृषिमन्त्री महिन्द्रराय यादवलाई सरकारबाट फिर्ता बोलाएर न्याँ मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ भने मन्त्री पदमा कायमै रहेका छन् ।

यसअघि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव भने मन्त्री पदबाट हटाइएपछि रुष्ट भएकी छन् । उनले नयाँ मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गर्ने कदमको विरोध गरेकी हुन् । जसपा आन्तरि विवाद चुलिएसँगै नयाँ मन्त्री पिन चयन भएका हुन् ।