देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

देशान्तर

नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई एकीकृत समाजवादीले प्रशिक्षण दिने भएको हो ।

सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको थियो। जसअनुसार साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।

स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताए।

सोमबारको सचिवालय बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने कुरा पनि उठेको थियो।

महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर सरकार गठन हुनुपर्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल भएको छ।