देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पनि असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो ।

बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । जसपा विभाजन हुने कि नहुने भन्ने विषयमा विस्तारित बैठकले निर्णय गर्ने बताईएको छ ।

एउटै मितिमा दुई पक्षले समानान्तर बैठक डाकेपछि जसपा विधिवत रुपले विभाजनको बाटोका हिडेको बुझिएको छ ।