देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : उपसभापति गुरुङ

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दावी गुरेका छन् ।

काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताउए । आगमी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उनले बताए ।

उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीचबाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप(प्रत्यारोप गर्नुनहुने बताए । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने समेत उल्लेख गरे । उपसभापति गुरुङले गठबन्धनै दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए ।

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दावी गरे । उनले सधैं देश गरीब बनाएर काम गर्नुनहुने भन्दै सरकार सञ्चालन कर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए । व्यवस्था परिवर्तन गरेरपनि जनताको अवस्था परिवर्तन गर्न नसकेको उनले बताए ।