देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य विषय : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले आफ्नो पार्टी र गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको समेत उल्लेख गरे ।

सोही कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र झगडा सुरु भएको प्रसंग उठाएपछि गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए।

नेपाली राजनीतिमा स्वर्गीय कोइरालाको भूमिका अतुलनीय रहेको पनि उनको तर्क छ ।