काठमाडौँ – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका१ को लुभुघाटमा दुर्घटनामा परेको हो ।
ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको तामाङले बताए।
अहिले शव सङ्कलन र उद्धारको कार्य भइरहेको उनले बताए ।





प्रतिक्रिया