देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिराले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

देशान्तर

काठमाडौं – वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०: ३० देखि पुनस् सञ्चालनमा आएको छ । स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रुखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

पहिराका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरुद्ध भएको थियो । मङ्गलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो । उक्त खण्डको ठाउँठाउँमा स–साना पहिरा खसेका थिए । सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ । पहिराका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिको सहयोगमा पन्छाइएको हो। बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।