देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली नोटसहित दुई जना पक्राउ

देशान्तर

काठमाडौं – नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।