काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ ।
अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएका महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ ।
सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन् । यो अभियान अन्तर्गत सडकमा ढुङ्गा, माटो वा फोहर जे भेटिए पनि त्यसलाई उठाइने छ । महानगर क्षेत्रमा नियमित बढार्ने काम भइरहे पनि नतिजा देखिने गरी काम नभए पछि यो अभियान थालेको सापकोटाले बताए ।
काठमाण्डौ महानगरका धेरै ठाउँमा अहिले पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्छ । यस्तै, ठाउँठाउँमा भएका खाल्डाखुल्डीका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या हुने गरेको छ ।





प्रतिक्रिया