देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीलाई भेट्दै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् । आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।

आयोगले बुधबार मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताईएको छ ।

यसअघि कात्तिक ३० गते चुनाव गनेगरि सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो । त्यसपछि भने निर्वाचन गराउन विकट भौगोलिक जिल्ला तथा उच्च भेगमा कठिन हुने आयोगको तर्क छ ।