देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

देशान्तर

काठमाण्डाै । काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ ।

‘यस्तो बेला मनसुनी गतिविधि कम हुन्छ । गर्मीको समय भएकाले मनसुनी गतिविधि कम हुनासाथ गर्मी बढ्छ’ उनले भने। अबको एक दुई दिन देशका धेरै ठाउँको मौसम यस्तै रहने पनि उनले जानकारी दिए । मनसुनको समयमा हुने मौसम सम्बन्धी यस्ता गतिविधि सामान्य नै रहेको मौसमविद् भट्टराईले बताए ।

आज धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना भने छ तर पनि गर्मी भने बढ्ने मौसमविद् भट्टराईले बताए । काठमाण्डौमा बिहान हल्का पानी परेको थियो । एक दुुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान गरिएको छ ।

गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।