देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक पेश गर्ने

देशान्तर

काठमाडौं । सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेकाले मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरेको हो ।

अब बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिकता पूरा गरेर विधेयक फिर्ता लिनु पर्ने छ । सरकारले बुधबार नै नागरिकता सम्बन्धि अर्को विधेयक लैजाने तयारी पनि गरेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको हो । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने वंशजको नागरिकता दिने सहमति पनि भएको बुझिएको छ ।