देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्थसचिव मरासिनी केही दिनका लागि बसे बिदामा

देशान्तर

काठमाडौँ – अर्थसचिव मधुकुमार मरासिनी केही दिनका लागि बिदामा बसेका छन् ।

अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दरमा परिवर्तन गराएको लगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हो। उहाँ आजैदेखि लागू हुने गरी अनिश्चितकालका लागि बिदामा बसेको बताइएको छ ।

बिदा बसेको विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिवलाई जानकारी गराएको बुझिएको छ । अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मरासिनी अर्थमन्त्रालय नफर्कने मुडमा रहनुभएको श्रोतको दावी छ ।