देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताए ।

अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए । कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो ।

एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।’