देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारी दुर्घटनामा २ जनाको मृत्यु

देशान्तर

काठमाडौं । काठमाडौंका सानोभर्‍याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सानोभर्‍याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।