देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनार्दन शर्माको राजीनामाले नैतिकताको सन्देश गयो : प्रचण्ड

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गरे छ ।

काठमाडौंमा चलिरहेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै बिहीबार प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् ।

संसदमा कुरा उठेपछि प्रष्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्दै शर्माले राजीनामाले दिएको प्रचण्डको भनाइ थियो । शर्माले राजीनामा नगरेको भए यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने षड्यन्त्र भएको पनि उनले सुनाए ।

उक्त डिजाइनलाई त्यागद्वारा जवाफ दिइएकाले यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने उनको भनाइ थियो । शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि प्रचण्डले दाबी गरे ।

आर्थिक वर्ष २०७९र०८०को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गरराई करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यले उठाएको जवाफ दिनुका साथै पदाधिकारी प्रस्ताव गर्ने कार्यक्रम पनि रहेको छ । गत आइतबारदेखि काठमाडौंमा जारी बैठकमै पदाधिकारी टुंग्याउन केन्द्रीय सदस्यहरुले दाहालमाथि दबाब दिएका छन् ।