देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह

देशान्तर

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट पाउने क्षतिपूर्ति तथा आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन बोर्डले आग्रह गरेको छ ।

अहिले बोर्डबाटको आर्थिक सहायताको लागि पालिका तहबाटै अनलाइन आवेदन दिन मिल्छ । तर आवेदन भर्ने क्रममा कागजातहरुप्रति सजग नहुँदा पैसा हिनामिनाको जोखिम हुने भन्दै बोर्डले सचेत गरेको हो । सिग्नेचरसहितको चेक, एटिएम तथा बैंक खातासँग सम्बन्धित अन्य कागजात वा सूचना विश्वास गरी अरुलाई दिँदा खातामा भएको पैसाको हिनामिना हुने गरेको बोर्डले जनाएको छ ।

साथै सम्बन्धित खातावालाको स्वीकृतिबिना नै कसैलाई झक्याएर रकम दुरुपयोग गरेको पाइएमा नजिकको प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा गइ उजुरी गर्न पनि बोर्डले आग्रह गरेको छ । यस्तै, कसैले यस्तो गरेमा नजिकको आप्रवासी सूचना केन्द्रमा सहयोगको लागि सम्पर्क गर्न पनि सकिन्छ ।