देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्छ : देव गुरुङ

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले पत्र तत्काल पठाइनुपर्ने माग गरे ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए ।

१२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए ।