देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोलिट्ब्यूरोमा प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि माओवादी वैठक स्थगित

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् ।

प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । ३र४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै उनले स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताए ।

तर हलमा नेताहरुको विरोध कायमै रहेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।