देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिद्वारा तीन आवासीय राजदूतको नियुक्ति

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त्त गरेकी छन् । उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आवासीय राजदूत पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।