देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका हुन् ।

उनले ट्वीटमा लेख्दै भनेका छन, “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो ।” उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरे । आज बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जोको मृत्यु भएको हो ।