काठमाडौं – ३२ जना प्रहरी उपरीक्षक एसपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले उनीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द बढुवा समितिको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका गृहमन्त्रालयले जनाएको छ । ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी छन् ।





प्रतिक्रिया