देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतमा गत चौबीस घण्टामा १९ हजार जना कोरोना भाइरस संक्रमित

देशान्तर

काठमाडौं – भारतमा गत चौबीस घण्टामा १९ हजार जना कोरोना भाइरस संक्रमित भएका छन्।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

यो सँगै भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।

भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्। सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।