देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट

देशान्तर

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच जंगी अड्डामा भेट भएको छ ।

शर्माको कार्यकक्षमा भएको भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जानकारी दिएको छ ।