देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छन् ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।