काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।
यस्तै, उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् । बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम–लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।





प्रतिक्रिया