देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बूढीगङ्गा नगरपालिकामा एमाले उम्मेदवारको अग्रता कायमै

देशान्तर

काठमाण्डौ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा छन् । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि देखिन्छन् । उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गरेकी छिन् ।

अहिले सम्म वडा नम्बर १, २, ३, ७, ८, ९ र १० को मत परिणाम आइसकेको छ । एमालेले पाँच र कांग्रेसले दुई वडा जितेको छ । वडा १ मा एमालेका रणबहादुर थापा, दुईमा एमालेका पदमबहादुर भण्डारी, तीनमा एमालेकै खड्कबहादुर अधिकारी, वडा ९ मा एमालेका मीनबहादुर सिंह र १० मा एमालेका दलबहादुर साउद विजयी भएका छन् भने वडा ७ मा कांग्रेसका भुवन सिंह केसी र ८ मा कांग्रेसका रमेशबहादुर रावल निर्वाचित भए ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुन ः मतदान गरेको हो ।