देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दिउँसो र राति आज मध्यम वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै, प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । देशको पहाडी भू–भाग र बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।