देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको बैठक आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ ।

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए ।

कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताए ।

बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।